काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

हिमाल प्रेस ७ असोज २०८३ २१:४६ | Wednesday, September 23, 2026
12
SHARES
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन

काठमाडौँ – शिक्षाविद् तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको बुधबार ८६ वर्षको उमेरमा निधन भएको छ।

शिक्षाविद् शर्माको उपचारका क्रममा काठमाडौँको धुम्बाराहीस्थित हेम्स अस्पतालमा निधन भएको हो । उनको बिहीबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

सिन्धुलीमा १९९७ साउनमा जन्मिएका शर्माले रसायनशास्त्रमा विद्यावारिधि गरेका थिए। उनी नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षाविद्का रूपमा परिचित थिए।

सामुदायिक क्षेत्रबाट विश्वविद्यालय सञ्चालन र उच्च शिक्षाको विस्तारमा उनको महत्वपूर्ण भूमिका रहेको थियो। विशेषगरी उच्च शिक्षालाई प्राविधिक तथा व्यावसायिक धारसँग जोड्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ शिक्षाविद् शर्माले विभिन्न शिक्षालयमा रहेर काम गरेका थिए।

काठमाडौँ विश्वविद्यालय स्थापनापछि संस्थापक उपकुलपतिका रूपमा शिक्षाविद् शर्माले विश्वविद्यालयको शैक्षिक तथा संस्थागत आधार निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्वमा विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकता दिँदै उच्च शिक्षामा नयाँ अभ्यासको सुरुआत गरेको थियो।

शिक्षाको गुणस्तर, अनुसन्धान तथा व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकता दिनुपर्ने मान्यता राख्दै आएका शिक्षाविद् शर्माले नेपालको उच्च शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका थिए।

प्रकाशित: ७ असोज २०८३ २१:४६ | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast