ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

हिमाल प्रेस ४ असोज २०८३ ११:५३ | Sunday, September 20, 2026
ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेको छ। शुक्रबार प्रतितोला ३ हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख तीन हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

प्रकाशित: ४ असोज २०८३ ११:५३ | Sunday, September 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast