राज्यले शिक्षालाई महत्त्व दिएन : एमाले उपमहासचिव ज्ञवाली

हिमाल प्रेस १५ चैत २०८० १०:३३
30
SHARES
राज्यले शिक्षालाई महत्त्व दिएन : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौँ- सत्तारुढ नेकपा एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राज्यले शिक्षालाई महत्त्व नदिएको बताएका छन्। उपमहासचिव ज्ञवालीले शैक्षिक संस्थाहरूमा चाहिनेभन्दा बढी राजनीतिक हस्तक्षेप भएका कारण राजनीति आलोचित भएको पनि बताए। हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एडट्क’ मा कुराकानी गर्दै ज्ञवालीले त्यस्तो बताएका हुन्।

कार्यक्रमा उनी भन्छन्,‘राज्यले शिक्षालाई उच्च प्राथमिकता दिएको छैन। किनभने राज्यले कति बजेट शिक्षामा लगानी गरेको छ, कस्ता संस्थाहरू निर्माण गरेको छ,ऊसँग अनुगमनको के खालको संयन्त्र छ,यसबाट राज्यले कस्तो खालको नतिजा दिइरहेको छ भनेर मापन गरेर हेर्दा सुधार गरेर हेर्नुपर्ने धेरै ठाउँहरू देखिन्छन्।’

ज्ञवालीले नेपालको शिक्षा आजको अवस्थासम्म आउनुमा राजनीति मुख्य कारण रहेको पनि बताए। उनले राजनीतिले शिक्षा क्षेत्रमा गरेका सकारात्मक पाटोलाई पनि हेर्नुपर्ने बताए। पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले साक्षरता, विद्यार्थी भर्ना, शैक्षिक संस्था स्थापनालगायतमा राजनीतिले मुख्य भूमिका निर्वाह गरेको बताए। तर शिक्षालाई देशको महत्त्वपूर्ण मेरुदण्ड बनाउन जुन ढंगले काम गर्नुपर्थ्याे त्यसोचाहिँ हुन नसेकेको उनकाे भनाइ छ।

प्रकाशित: १५ चैत २०८० १०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =