महोत्तरीमा जिपले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

हिमाल प्रेस २१ फागुन २०८० १०:४२
8
SHARES
महोत्तरीमा जिपले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरी-  महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय नम्बरकाे जिपले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका-५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको जिपले गएराति पिपरा-१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो।

ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा जिपले विपरित दिशाबाट साइकलमा आउँदै गरेको यावदलाई ठक्कर दिएको थियो।

सोही जिपको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा-५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ। जिप पनि मटिहानी-४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ।

प्रकाशित: २१ फागुन २०८० १०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =