धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमाल प्रेस २० फागुन २०८० १९:३०
16
SHARES
धनकुटामा दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरी- धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङबाङस्थित गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङतर्फ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी आफैं अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा गाडीमा सवार पाख्रीबास नगरपालिका १० धनकुटाका रेमन राईकी ९ वर्षीया छोरी संस्कृति राईको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। दुर्घटनामा परी धनकुटा नगरपालिका-४ का ३६ वर्षीया देविका खत्री र १४ वर्षीय अभिनाष खत्री, पाख्रीबास १० की २२ वर्षीया रबिका राई, ६० वर्षीया लक्ष्मी राई, ४० वर्षीया सानु आले, धनकुटा ४ की ३७ वर्षीया देवी खत्री, १० वर्षीय अजित खत्री र सुनिता खत्री घाइते भएका छन्।

उनीहरूमध्ये केहीको धनकुटा अस्पताल र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न पिकअप चालक पाख्रीबास-१० का ५५ वर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रकाशित: २० फागुन २०८० १९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =