आज वर्षाको सम्भावना

हिमाल प्रेस ११ फागुन २०८० ६:२३
34
SHARES
आज वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आज देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो।

महाशाखाको भनाइमा आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ।

त्यसैगरी महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाले राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: ११ फागुन २०८० ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eighteen =