कस्ताे रहला आज माैसम?

हिमाल प्रेस २१ वैशाख २०८१ ६:२०
16
SHARES
कस्ताे रहला आज माैसम?

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाले सो प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको जनाउँदै अन्य भू–भागमा मौसम सफा रहेको जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुनेछ भने बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाले राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने जनाएको छ। अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना रहेको जनाएको छ।

प्रकाशित: २१ वैशाख २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =