कस्तो रहला आज मौसम?

हिमाल प्रेस २३ चैत २०८० ६:२५
12
SHARES
कस्तो रहला आज मौसम?

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले आज पश्चिमी र स्थानीय वायुको प्रभाव रहेकाले  देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको जनाएकाे छ।

महाशाखाकाे भनाइमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका  केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएकाे छ। त्यसैगरी गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ।

प्रकाशित: २३ चैत २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =