आज यी स्थानमा वर्षाको सम्भावना

हिमाल प्रेस १६ चैत २०८० ६:१२
42
SHARES
आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाउँदै बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको आफ्नो नियमित बुलेटिनमा उल्लेख गरेको छ। महाशाखाले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली हुनेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एक-दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। पहाडी भू–भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १६ चैत २०८० ६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =