वर्षाको सम्भावना छैन : माैसम विभाग

हिमाल प्रेस २६ माघ २०८० ६:२८
14
SHARES
वर्षाको सम्भावना छैन : माैसम विभाग

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले देशका केही भू-भागमा आज हिमपातको सम्भावना रहेको जनाएको छ।

माैसमबारे नियमित जानकारी दिँदै विभागले  बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको जनाउँदै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेकाे जनाएकाे हाे।

तराईका धेरै स्थानमा हुस्सु लागेको छ। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना भने नरहेको विभागले बताएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ। अन्य भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

विभागले आज राति गण्डकी र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित: २६ माघ २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =