‘शिक्षक महासंघमा लोकतान्त्रिक विधिलाई निषेध गरियो’

हिमाल प्रेस २८ वैशाख २०८१ १३:०४
426
SHARES
‘शिक्षक महासंघमा लोकतान्त्रिक विधिलाई निषेध गरियो’

काठमाडौँ- नेपाल शिक्षक महासंघको एक मुख्य समूह नेपाल राष्ट्रिय शिक्षक संगठनले महासंघको महाधिवेशनमा लोकतान्त्रिक विधिलाई निषेध गरिएको बताएको छ।

संगठनका महासचिव हंशबहादुर शाहीले महासंघको सदस्यता नवीकरण, विद्यालयमा नवनियुक्त शिक्षक, प्राविधिक समूहका शिक्षक सदस्यताबाट वञ्चित भएको बताउँदै महासंघमा लोकतान्त्रिक विधिलाई निषेध गरिएको बताए।

विधानविपरीत एकपक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशन वहिष्कार गरेको थियो।

संगठनले महाधिवेशन वहिष्कार गरे पनि लक्ष्मीकिशोर सुवेदीको अध्यक्षतामा नयाँ नेतृत्व घोषणा गरिएको छ। यही वैशाख १०-१२ गते भएको महाधिवेशनबाट बिहीबार ७५ सदस्यीय नयाँ नेतृत्व घोषणा गरिएको छ। सुवेदी यसअघि महासंघको महासचिव थिए।

सहमति जुट्न नसकेपछि संगठनको कोटामा महासचिवलगायत ११ पद खाली राखेर महासंघको नेतृत्व चयन गरिएको र संगठनलाई सहमतिमा ल्याउन वार्ता समिति गठन गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए।

शिक्षा ऐनका लागि जतिसुकै ठूलो आन्दोलन गर्न पनि महासंघ तयार छ : अध्यक्ष सुवेदी

महासंघसामु तिवारीले भने : अब अरू छाडेर विद्यालय कर्मचारी-ईसीडी शिक्षकको तलबमान र शिक्षा ऐनमा केन्द्रित होऔँ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =