आज यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना

हिमाल प्रेस १८ फागुन २०८० ६:२४
32
SHARES
आज यी प्रदेशमा हल्का वर्षा र हिमपातकाे सम्भावना फाइल तस्बिर

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आज सुदूरपश्चिम र कर्णालीलगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको उल्लेख गरेको छ।

बाँकी भू-भागमा भने आंशिक बदली रही मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ। गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − two =