‘लाज शरणम्’ फागुन १४ मा प्रदर्शन

हिमाल प्रेस २८ वैशाख २०८१ ११:०८
4
SHARES
‘लाज शरणम्’ फागुन १४ मा प्रदर्शन

काठमाडौँ- चर्चित हाँस्य टेलिफिल्म ‘सक्किगोनि’ समूहले निर्माण गर्न लागेको फिल्म ‘लाज शरणम्’ आगामी फागुन १४ गते प्रदर्शन हुने भएको छ।

फिल्मको छायांकन सुरु नहुँदै निर्माण टिमले थिम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेकाे हाे। पोस्टरमा फिल्म जिग्री /पाँडेले निर्देशन गर्ने उल्लेख छ।

यसअघि गत वर्ष सरस्वती पूजाकाे दिन फिल्म निर्माणको घोषणा गरेको थियाे। कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को टिमले निर्देशन गर्ने यो फिल्म कमेडी जनरामा निर्माण हुनेछ। फिल्मले मुलुक र नागरिकले भोग्नुपरेको  समस्याकाे यथार्थ  चित्रण गर्नेछ।

२ करोड बजेट छुट्याइएको यो फिल्मलाई जेपीटी क्रिएसनले निर्माण गर्नेछ। फिल्मकाे कथा र परिकल्पना कलाकार कुमारको रहनेछ।

फिल्ममा सक्किगोनी टिमका कलाकार कुमार कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, दीपक आचार्य, हरिश निरौला, प्रशान्त ताम्राकार, महेश त्रिपाठीलगायतको अभिनय रहने जनाइएको छ। टिम अहिले फिल्मको स्क्रिप्टको अन्तिम तयारीमा छन्।

प्रकाशित: २८ वैशाख २०८१ ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =