सामान्य अंकले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस २८ साउन २०८३ १६:०५ | Thursday, August 13, 2026
4
SHARES
सामान्य अंकले बढ्यो नेप्से परिसूचक सेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अंकले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अंकले बढेर ४६४ दशमलव ५९ मा पुगेको छ। त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ६० अंकले बढेर १८२ दशमलव १६ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३६ अंकले बढेर १५७ दशमलव ३३ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड दुई लाख २५ हजार ८७४ कित्ता सेयर तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार ७७ मूल्यमा खरिद बिक्री भएको छ।

आज १३ उपसमूहमध्ये १० उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो। एक उपसमूह स्थिर रह्यो। आज १७१ कम्पनीको सेयर बढ्यो भने ८६ कम्पनीको सेयर घट्यो। त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिस्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट, सुपर खुदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्।

त्यसैगरी प्रभु बैंक डिबेञ्चर, ग्लोबल आईएमई बैंक डिबेञ्चर, स्ट्रान्डर्ड चार्टड बैंकको डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: २८ साउन २०८३ १६:०५ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast