नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढ्यो

हिमाल प्रेस २८ असोज २०८३ १६:५० | Wednesday, October 14, 2026
8
SHARES
नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढ्यो सेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अंकले बढेर दुई हजार ६२१ दशमलव २६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ७९ अंकले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ। फ्लोट सूचक एक दशमलव ६१ अंकले बढेर १८१ दशमलव ६३ मा पुगेको छ। सेन्सेटिभ फ्लोट सूचक एक दशमलव ७१ अंकले बढेर १६० दशमलव ६८ मा पुगेको छ।

आज विभिन्न कम्पनीका एक करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर चार अर्ब १३ करोड ६१ लाख ६१ हजार ३३१ रुपैयाँमा खरिदबिक्री भएका छन्।

तेह्र वटै उपसमूहमध्ये सबै उपसमूह बढेका छन्। आज १८८ कम्पनीको शेयर बढ्यो भने ८० कम्पनीको शेयर घट्यो। त्यसैगरी, नौ कम्पनीको शेयर स्थिर रह्यो।

नेप्सेका अनुसार आज एसबीएल डिबेञ्चर, नेपाल एसबीआई बैंक डिबेञ्चर र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सगरमाथा जलविद्युत् कम्पनी, एभरेष्ट कलर र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन्।

प्रकाशित: २८ असोज २०८३ १६:५० | Wednesday, October 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast