सेयर बजार
काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर दुई हजार ६२९ दशमलव ८१ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५५ अंकले बढेर ४६९ दशमलव ०१ मा पुगेको छ।
त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ७९ अंकले बढेर १८१ दशमलव १८ मा पुगेको छ।
यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ५५ अंकले बढेर १५८ दशमलव ३६ मा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर पाँच अर्ब ४४ करोड ७३ लाख १३ हजार १६८ मूल्यमा खरिद बिक्री भएका छन्। तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घट्यो।
आज १७६ कम्पनीको सेयर बढ्यो भने ९५ कम्पनीको सेयर घट्यो। त्यसैगरी सात कम्पनीको सेयर स्थिर रह्यो।
नेप्सेका अनुसार नेपाल ल्युब आयल, सोनापुर मिनरल्स एण्ड आयल, कुमारी सवल योजनालगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी मिड सोलु हाइड्रोपावर, धौलागिरि लघु वित्तीय संस्था र सिटिजन सुपर ३० म्युचुअल फण्डलगायतका लगानीकर्ताले गुमाएका छन्।



