तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

हिमाल प्रेस २३ कार्तिक २०८३ १०:१८ | Monday, November 9, 2026
तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

बाजुरा- तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ । जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिबारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो ।

अदालतका अनुसार उक्त अवधिमा बिहान ११:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ ।

प्रकाशित: २३ कार्तिक २०८३ १०:१८ | Monday, November 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast