आईसीसी विश्वकप लिग-२ : विश्वकपमा सहभागी नेदरल्याण्ड्ससँग प्रतिस्पर्धामा नेपाली टोली

हिमाल प्रेस ५ फागुन २०८० ७:४१
22
SHARES
आईसीसी विश्वकप लिग-२ : विश्वकपमा सहभागी नेदरल्याण्ड्ससँग प्रतिस्पर्धामा नेपाली टोली

काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक श्रृंखलाअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९ः१५ बजेदेखि सुरु हुनेछ।

नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृंखलाबाट आईसीसी विश्वकप लिग-२ (२०२३-२०२७)को सुरुवात गर्न लागेको हो। नेदरल्यान्ड्स गएको विश्वकपमा सहभागी टिम पनि हो।

नेपालले यो त्रिदेशीय शृंखलामा कूल चार खेल खेल्नेछ। पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३।१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार, लिग-२ शृंखलामा आठ राष्ट्र सहभागी हुनेछन्। पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए।

लिग-२ शृंखला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो। सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ।

यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन्।

यसअघि सम्पन्न आईसीसी क्रिकेट विश्‍व कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग-२ मा थपिएको हो।

घरेलु मैदानमा आयोजना हुने लिग-२ को पहिलो शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ। क्यानले घोषणा गरेको टोलीमा यू-१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ।

प्रकाशित: ५ फागुन २०८० ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =