नेदरल्यान्ड्सलाई नेपालको १८५ रन लक्ष्य

हिमाल प्रेस २२ फागुन २०८० १३:१५
22
SHARES
नेदरल्यान्ड्सलाई नेपालको १८५ रन लक्ष्य

काठमाडौँ- त्रिदेशीय टी-२० आई शृंखलाको उपाधि जित्न नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

नेपालले २३ रन जोड्दा ३.३ ओरमा ओपनर कुशल भुर्तेल आउट भएका थिए। त्यसपछि आएका कप्तान रोहित पौडेल १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन्।

रोहितले ओपनर आसिफ शेखसँग तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए।

त्यसपछि गुल्सन झा र आसिफले नेपालको इनिङ सम्हालेका थिए। आसिफ अर्धशतक पूरा गर्नबाट ३ रनले चुके। उनले ३७ बलमा १ चौका र ३ छक्का हानेका थिए।

गुल्सन झाले ११ बलमा ३ छक्काको मद्दतमा २६ रन र दीपेन्द्र सिंह ऐरीले १ रन बनाए।

करण केसीले ९ रन र आरिफ शेखले खाता नै खोल्न सकेनन्।

नेदरल्यान्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २ विकेट लिए ।

प्रकाशित: २२ फागुन २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =