त्रिदेशीय शृंखलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स आमनेसामने हुँदै

हिमाल प्रेस २२ फागुन २०८० ७:२५
20
SHARES
त्रिदेशीय शृंखलाको उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स आमनेसामने हुँदै

काठमाडौँ- नेपालले त्रिदेशीय टी-२० आई शृंखलाको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ।

खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन्।

नेपाल घरेलु मैदानमा लगातार तेस्रो पटक त्रिदेशीय टी २० आई शृंखलाको उपाधि जित्न चाहन्छ।

यस शृंखलामा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो। नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो।

नामिबिया ३ अंकका साथ पुछारमा रहेर बाहिरिएको थियो।

नेपाल नामिबियासँग २० रन र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो। त्यसपछि खेलमा पुनरागमन गर्दै नेपालले नामिबियालाई तीन रन र नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनल यात्रा पक्का गरेको हो। पछिल्लो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १२० रनमा अल आउट गरेको थियो।

प्रकाशित: २२ फागुन २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =