नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

हिमाल प्रेस १६ फागुन २०८० १५:२४
14
SHARES
नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

काठमाडौँ- त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल नेदल्याण्ड्सँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको हो।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ८२ रनमात्रै बनायो। नेपालले कुशल भुर्तेललाई शून्य रनमा गुमाएको थियो। कुशल मल्लले ११ र सन्दीप जोराले ८ रन बनाए। सोमपाल कामी शून्य रनमा आउट भए भने करन केसीले ११ रन बनाए।

गुल्शन झा र प्रतिश जिसी शून्य रनमा अविजित रहे। नेदल्याण्ड्सका रुलोफ वान डेर मेरवे र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई विकेट लिए भने आर्यन दत्त, विलियन किंग्मा र टिम वान डेरले समान एक एक विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो। नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेले।

नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए। अब नेपालले शुक्रबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रकाशित: १६ फागुन २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =