नेदरल्यान्ड्सविरुद्ध टस हारेर बलिङमा नेपाल, टोलीमा फर्किए भुर्तेल

हिमाल प्रेस १९ फागुन २०८० ११:१०
14
SHARES
नेदरल्यान्ड्सविरुद्ध टस हारेर बलिङमा नेपाल, टोलीमा फर्किए भुर्तेल

काठमाडौँ-  त्रिदेशीय टी-२० शृंखलाको पाँचौँ खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस हारेको छ।

नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन्। नेपालले पहिलो बलिङ गर्नेछ।

नेपालले आजको खेलमा १ परिवर्तन गरेको छ। अनिल शाहको स्थानमा कुशल भुर्तेल टोलीमा आएका छन्।

आजको खेलमा नेपालले जित हासिल गरे फाइनलमा स्थान बनाउने बलियो सम्भावना हुनेछ। हारको खण्डमा भने भोली हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ।

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख

नेदरल्यान्ड्सको टोली :

म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, काइल क्लाइन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन

प्रकाशित: १९ फागुन २०८० ११:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =