नेदरल्यान्ड्सबाट नेपाललाई १२१ रनको लक्ष्य

हिमाल प्रेस १९ फागुन २०८० १३:१५
12
SHARES
नेदरल्यान्ड्सबाट नेपाललाई १२१ रनको लक्ष्य

काठमाडौँ– त्रिदेशीय टी-२० आई शृंखलामा नेपाललाई नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य दिएको छ ।

१९.३ ओभरमा नेदरल्यान्ड्सले सबै १० विकेट गुमाएर १२० रन बनाएको हो।

नेपालका प्रतिश जिसीले समग्रमा ३ विकेट लिँदा करण केसी र कुशल मल्लले २-२ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। अन्तिम विकेट कुशल भुर्तेलको थ्रोमा रनआउट भएको थियो।

करण केसीले इनिङको पहिलो ओभरमै २ विकेट लिएर नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। दोस्रो इनिङ्सको खेल केही बरेमा सुरु हुनेछ।

प्रकाशित: १९ फागुन २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seven =