बढ्यो सुनको मूल्य

हिमाल प्रेस २४ माघ २०८० ११:३८
12
SHARES
बढ्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो।

महासंघका अनुसार बुधबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार चाँदी तोलाको १३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २४ माघ २०८० ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seventeen =