नयाँ योजना बनाउँदै जनमत

हिमाल प्रेस २१ माघ २०८० १४:०७
4
SHARES
नयाँ योजना बनाउँदै जनमत

काठमाडौँ- समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ।

पार्टी कार्यालय मध्य बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिए।

बैठकमा भोलि सोमबारदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि छलफल भइरहेको जनमतले जनाएको छ।

बैठकमा संगठन विस्तार, वडा अधिवेशनको समीक्षा तथा मधेस प्रदेश सरकारबाट पार्टी बाहिरिएपछिको परिस्थिति, उपनिर्वाचनलगायत विषयमा पनि छलफल हुने प्रवक्ता यादवले बताए। यादवले अबको भाबी रणनीतिबारे पनि बैठकमा छलफल गर्दैछ।

जनमत अहिले एक मन्त्रालय लिएर केन्द्रीय सरकारमा पनि गएको छ। जनमतको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनितादेवी छन्। तर पछिल्ला केही घटनाक्रमले सरकार र जनमतबीच प्रगाढ सम्बन्ध छैन।

गएको राष्ट्रियसभा निर्वाचनमा पनि जनमतले मधेश प्रदेशमा आफ्नै उम्मेदवार खडा गरेको थियो।

प्रकाशित: २१ माघ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =