मन्त्री र मुख्यमन्त्रीका स्वकीय सचिवलाई कर्मचारी कोटामा विदेश जान रोक

हिमाल प्रेस २८ पुष २०८० ८:३०
14
SHARES
मन्त्री र मुख्यमन्त्रीका स्वकीय सचिवलाई कर्मचारी कोटामा विदेश जान रोक

काठमाडौँ- प्रधानमन्त्री र मन्त्रीका स्वकीय सचिव र सल्लाहकार कर्मचारी कोटामा विदेश जान रोक लगाइएको छ। राष्ट्रिय सतर्कता केन्द्रले उनीहरूलाई नियम विपरीत विदेश भ्रमणमा जान रोक लगाएको हो।

कर्मचारी तथा अन्य सरकारी पदाधिकारीका लागि आएको भ्रमण कोटामा उनीहरूलाई विदेश भ्रमणमा नपठाउन केन्द्रले लिखित निर्देशन दिएको छ।

केन्द्रले २०७२ मा जारी भएको नेपाल सरकारका अतिविशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमणसम्बन्धी निर्देशिकाअनुरुप मात्रै मन्त्रीका स्वकीय सचिव र सल्लाहकारलाई विदेश भ्रमणमा लैजाने व्यवस्था गर्न भन्दै प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालयहरू र सातवटै प्रदशेका मुख्यमन्त्रीको कार्यालयलाई परिपत्र गरेको बताइएको छ।

अब सरकारी कोष वा सरकारलाई दातृ निकाय तथा देशबाट कार्यालयको कामसँग सम्बन्धित सरकारी कर्मचारीहरुका लागि प्राप्त विदेश भ्रमणसम्बन्धी कोटामा मन्त्री, राज्यमन्त्रीले नियुक्त गरेका सल्लाहकार, स्वकीय सचिव जान नपाउने केन्द्रले जनाएको छ।

प्रकाशित: २८ पुष २०८० ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =