शिक्षक–कर्मचारीका माग तत्काल पूरा गर्न अर्थमन्त्री र मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन

हिमाल प्रेस २७ चैत २०८० ११:३९
7.4k
SHARES
शिक्षक–कर्मचारीका माग तत्काल पूरा गर्न अर्थमन्त्री र मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ- शैक्षिक संघसंगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान भेटेर शिक्षक-कर्मचारीका मागबारे ध्यानाकर्षण गराएका छन्।

नेपाल शिक्षक महासंघको नेतृत्वमा गएका संघसंगठनका प्रतिनिधिहरूले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले शिक्षक-कर्मचारीको तत्काल सम्बोधन गर्न सकिने माग पूरा गरिदिन अर्थमन्त्री र मुख्य सचिवलाई निर्देशन दिएको बताए।

उनले भने,‘आज बिहान सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल भयो। उहाँले शिक्षक-कर्मचारीका तत्काल सम्बोधन गर्न सकिने माग पूरा गरिदिन अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई निर्देशन दिनुभयो।’

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले शिक्षक-कर्मचारीसँग सरकारले गरेका सहमति सम्झौता समेटेर संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० पारित गर्ने आश्वासन पनि दिएको तिवारीले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल शिक्षक महासंघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल विद्यालय कर्मचारी परिषद्लगायतका प्रतिनिधिहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =