ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस २७ चैत २०८० ११:५७
7.9k
SHARES
ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– शैक्षिक संघसंगठनहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा.वैकुण्ठ अर्याललाई सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सजकर्ता (ईसीडी शिक्षक) को तलब संघीय सरकारबाटै उपलब्ध गराउन ध्यानाकर्षण गराएका छन्।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री पुन र मुख्य सचिव अर्याललाई भेटेर उनीहरूले सो ध्यानाकर्षण गराएका हुन्।

सो भेटमा सहभागी एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले भने,‘बालविकास शिक्षकहरूको तलबमान संघीय सरकारबाटै प्रदान गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको छ।’

ईसीडी शिक्षकहरूले संघीय सरकारबाट मासिक १० हजार र स्थानीय सरकारबाट सात हजार रुपैयाँ गरी न्यूनतम १७ हजार रुपैयाँ पाउँछन्। कतिपय स्थानीय तहले सात हजार रुपैयाँ नदिँदा ईसीडी शिक्षकहरूले १७ हजार रुपैयाँ संघीय सरकारले नै उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन्।

याे पनि

शिक्षक–कर्मचारीका माग तत्काल पूरा गर्न अर्थमन्त्री र मुख्य सचिवलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित: २७ चैत २०८० ११:५७

प्रतिक्रिया

One thought on “ईसीडी शिक्षकको तलब संघीय सरकारबाटै दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

  1. सहि हो १७ हजार तलब तोकिएको भए तापनि अझै कति ecd शिक्षकहरुले पाएका छैन दुख को कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =