भूकम्पपछिको पुनर्निर्माण गर्दा मौलिकता नमास्न प्रधानमन्त्रीको आग्रह

हिमाल प्रेस १८ पुष २०८० १५:३१
12
SHARES
भूकम्पपछिको पुनर्निर्माण गर्दा मौलिकता नमास्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्दा स्थानीय विशेषता र मौलिकतामा जोड दिन निर्देशन दिएका छन्।

ललितपुरमा बुधबार आयोजित जाजरकोट रामीडाँडा भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणसम्बन्धी बृहत् अन्तर्क्रियामा प्रधानमन्त्री दाहालले स्थानीय मौलिकता र विशेषतासहितका संरचना निर्माणमा केन्द्रित हुन निर्देशन दिएका हुन्।

नेपाल भूकम्प, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गरी मुख्यसचिवले प्रतिवेदन पेस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको उनले बताए।

अन्तर्क्रियामा अर्थमन्त्री डा.प्रकशशरण महतले जाजरकोट भूकम्पका कारण क्षति भएको संरचना निर्माण गर्न कम्तिमा पनि ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताए। अर्थमन्त्री महतले अस्थायी आवास निर्माणका लागि स्थानीय तहमार्फत रकम वितरण गरिएको बताए।

कार्यक्रममा विभिन्न नेताहरूले भूकम्प जोखिमलाई मध्यनगर गर्दै भौतिक संरचना भूकम्पप्रतिरोधी बनाउन राज्यले प्रोत्साहन गर्नुपर्ने, मौलिक रूपमा पूनसंरचना गर्नुपर्ने, जाजरकोट भूकम्पीडितलाई चिसोबाट जोगाउनुपर्नेलगायतका सुझाव दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =