विपिन जोशीलाई सकुशल फर्काउन पहल भइरहेको प्रधानमन्त्रीको दाबी

हिमाल प्रेस ९ वैशाख २०८१ १५:४५
16
SHARES
विपिन जोशीलाई सकुशल फर्काउन पहल भइरहेको प्रधानमन्त्रीको दाबी सुदूरपश्चिम विश्वविद्यालयको आइतबार आयोजित चौथो दीक्षान्त समारोहमा दीक्षित विद्यार्थी। तस्बिर : रासस

महेन्द्रनगर– पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टिन विद्रोहीको कब्जामा रहेका विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट अध्ययन र कामका लागि इजरायलमा गएका कैलालीका विपिन जोशी पाँच महिनादेखि प्यालेस्टिन विद्रोहीको कब्जामा छन्।

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरे।

‘सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा हाम्रा विद्यार्थीले प्यालिस्टन विद्रोहीको आक्रमणमा परेर ज्यान गुमाउनुपरेको घटनाले मलाई निकै दुःखी तुल्याएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, उक्त घटनामा परेर ज्यान गुमाउने विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। उहाँका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

उक्त आक्रमणमा परेर घाइते भएका तथा अन्य प्रभावित विद्यार्थीलाई यथाशीघ्र स्वदेश फिर्ता ल्याउन र ज्यान गुमाउने विद्यार्थीको शव फिर्ता ल्याउनका लागि सरकारले निर्वाह गर्नुपर्ने भूमिका तदारूकतापूर्वक निर्वाह गरेको दाबी प्रधानमन्त्रीको छ। ‘अझै पनि एक जना विद्यार्थी विद्रोहीको कब्जामा छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘उनलाई सकुशल स्वदेश फर्काउन आवश्यक कूटनीतिक प्रयास भइरहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =