‘दयारानी’ को गीत ‘चोरी चोरी’

हिमाल प्रेस १७ पुष २०८० १२:३३
62
SHARES
‘दयारानी’ को गीत ‘चोरी चोरी’

काठमाडौँ–  फिल्म ‘दयारानी’ को  ‘चोरी चोरी’ बाेलकाे गीत सार्वजनिक भएको छ। हर्क साउँदको शब्द रहेको गीतमा मनोज थापा मगर र सदिक्षा कट्टेलको स्वर छ। गीतमा गायक मनोजले नै संगीत भरेका छन्।

गीतकाे भिडियाेमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र दीया पुनलाई देख्न सकिन्छ। फिल्म अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको छ। अभिनेता गुरुङले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका छन्।

फिल्म माघ २६ मा नेपालसहित विदेशमा प्रदर्शन हुनेछ।

दयाहाङ र दीयासहित फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शीर्षा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङलगायत कलाकारको अभिनय छ।

शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेकाे फिल्म मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बू र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएकाे छ। फिल्मको कार्यकारी निर्मातामा रामबाबु गुरुङ र अपिल विष्ट छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + five =