‘रङ्गेली’को पोस्टर सार्वजनिक

हिमाल प्रेस २० पुष २०८० १७:०४
8
SHARES
‘रङ्गेली’को पोस्टर सार्वजनिक

काठमाडौँ–  फिल्म ‘रङ्गेली’को दुई पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा कलाकार दयाहाङ राई, अर्पण थापा र मिरुना मगरको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ।

एकमा दयाहाङ र मिरुना छन्। अर्कोमा दयाहाङ र अर्पणको एक्सन अवतार। फिल्ममा दयाहाङ ग्याङस्टर ‘विजय’ बनेका छन्। विजयकी प्रेमिका हुन् जुनकिरी (मिरुना) भने अर्पण ‘भगवान दादा’को भूमिकामा देखिनेछन्। अन्य कलाकार प्रविण खतिवडा, रविन बोगटी, रमेश बुढाथोकीलगायतको अभिनय छ।

फागुन २५ गते प्रदर्शन हुने फिल्मका निर्देशक अर्जुन सुवेदी हुन्। निर्देशक अर्जुनकै लेखन रहेको फिल्ममा संसार चौलागाईं र रमेश भट्टराईले लगानी गरेका छन्। फिल्म सुसन प्रजापतिले छायांकन गरेका हुन्।

मोरङको रंगेलीसहित फिल्म पूर्वको कर्सिया, कटहरी, विराटनगर र विर्तामोडमा छायांकन गरिएको छ। फिल्म प्लानेट थ्री फिल्म्स् एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण भएको छ।

फागुन २५ मै नै रेखा थापाको ‘उपहारः द जर्नी अफ लाइफ’ र नवल खड्काको ‘काँडेतार’ पनि प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + ten =