‘रङ्गेली’ को इन्ट्रो टिजर सार्वजनिक

हिमाल प्रेस १ माघ २०८० १५:३४
8
SHARES
‘रङ्गेली’ को इन्ट्रो टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘रङ्गेली’ को इन्ट्रो टिजर सार्वजनिक भएको छ। माघे संक्रान्तिको अवसरमा ओएसआर डिजिटल युट्युब च्यानलबाट सोमबार टिजर सार्वजनिक गरिएको हो।

टिजरमा अभिनेता दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगर अटाएका छन्।  फिल्ममा उनीहरु क्रमशः विजय, भगवान दादा र जुनकिरी पात्रको भूमिकामा छन्। दयाहाङ र अर्पणलाई दुश्मनीको रुपमा देखिन्छ। भने मिरुना थारू ड्रेसमा छिन्।

अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म फागुन २५ महाशिवरात्रिको दिन विश्वव्यापी प्रदर्शन हुनेछ। निर्देशक सुवेदीकै लेखन रहेको फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी र रवीन बोगटीलगायत कलाकारको अभिनय छ।

सुशन प्रजापतिले छायांकन गरेको फिल्मका निर्माता संसार चौलागाई र रमेश भट्टराई (वशिष्ठ) हुन्। हर्क साउँद, अर्जुन सुवेदी र सविनन सिंहको शब्द रचना रहेको फिल्मको गीतमा सुशान्त गौतम र हर्कुलस बस्नेतले संगीत भरेका छन्।

फागुन २५ मै रेखा थापाको फिल्म ‘उपहार’ र नवल खड्का निर्देशित ‘काँडेतार’ एकसाथ प्रदर्शन हुनेछ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 6 =