संसद्को हिउँले अधिवेशनसम्म संघीय निजामती, प्रहरी ऐनहरू पारित गर्छौं : उपप्रधानमन्त्री खड्का

हिमाल प्रेस ६ पुष २०८० ९:२६
12
SHARES
संसद्को हिउँले अधिवेशनसम्म संघीय निजामती, प्रहरी ऐनहरू पारित गर्छौं : उपप्रधानमन्त्री खड्का

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संसद्को आउँदो हिउँले अधिवेशनसम्म संघीय निजामती, प्रहरी ऐनहरू पारित गर्ने बताएका छन्।

जनकपुरधाममा बिहीबार कांग्रेस मधेशको पहिलो सम्मेलन उद्घाटन सत्रमा बोल्दै खड्काले प्रदेशका अधिकारसँग जोडिएका कानुन तत्काल निर्माण गर्ने तयारीमा संघीय सरकार रहेको बताएका हुन्।

उनले भने, ‘संघीय निजामती, प्रहरी ऐनहरू आउँदो हिउँले अधिवेशनसम्म पारित गर्नेछौं।’ कार्यक्रममा उपप्रधानमन्त्री खड्काले संघीयतासँग जोडिएका कानुन बनाउन ढिलाइ भएको पनि स्वीकार गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन खोज्नेहरूका विरुद्ध सिंगो मधेश जुरूक्क उठ्नुपर्ने बताए।

त्यसैगरी उपसभापति खड्काले घमण्डलाई त्याग गरेर कांग्रेस एकढिक्का बनाउनुपर्ने बताए।

प्रकाशित: ६ पुष २०८० ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =