भैँसीपाटीस्थित मन्त्री क्‍वार्टरको टहरोमा आगलागी

हिमाल प्रेस ३ पुष २०८० १३:४०
30
SHARES
भैँसीपाटीस्थित मन्त्री क्‍वार्टरको टहरोमा आगलागी

काठमाडौँ- ललितपुरको भैँसेपाटीस्थित बन्दै गरेको मन्त्री क्वार्टर छेउको टहरोमा आगलागी भएको छ। आज मंगलबार बिहान क्वार्टरछेउमै रहेको एक टहरामा आगलागी भएको प्रहरीले जनाएको छ।

क्वार्टरभित्र निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा आगो लागेको भैँसेपाटी प्रहरी प्रभागले जनाएको छ। प्रहरीका अनुसार बिहान सवा ११ बजेतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ। आगलागीबाट एउटा टहरोमा बाहेक अरु ठूलो क्षति नभएको प्रहरीको भनाइ छ।

प्रकाशित: ३ पुष २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =