भृकुटीमण्डप निरीक्षण गर्दै मन्त्रीको निर्देशन- खुला बजार जोखिममा छ, भाडा नतिर्नेलाई कारबाही गर्नुस्

हिमाल प्रेस २६ वैशाख २०८१ १७:२०
6
SHARES
भृकुटीमण्डप निरीक्षण गर्दै मन्त्रीको निर्देशन- खुला बजार जोखिममा छ, भाडा नतिर्नेलाई कारबाही गर्नुस्

काठमाडौँ-  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले भृकुटीमण्ड बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन्। बुधबार निरीक्षण गर्दै उनले समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने बताइन्।

जसरी भएपनि बजार व्यवस्थित गर्न परिषद्लाई उनको निर्देशन थियो। मन्त्री चौधरीले यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेटको व्यवस्था गरिएको जानकारी दिइन्। भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउन समेत उनले परिषद्लाई निर्देशन दिएकी छिन्।

‘भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाडा नतिर्नेहरूसँग उठाउनेबारे योजना बनाएर काम गर्नुहोस्, कारबाही गर्नुहोस्।’ सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने बताएका थिए।

प्रकाशित: २६ वैशाख २०८१ १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =