नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

हिमाल प्रेस २६ वैशाख २०८१ १७:०९
30
SHARES
नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा शिक्षक पक्राउ

काठमाडौँ- नाबालिका विद्यार्थीको चरित्र हत्या गरेको आरोपमा एक निजी विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका–४ काहालान्च घर भएका २८ वर्षीय युवकलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। ब्यूरोले उनको परिचय खुलाएको छैन।

ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार उनले नक्कली फेसबुक आइडी बनाएर अश्लील तस्बिरमा नाबालिका विद्यार्थीको फोटो जोडेर स्टाटस राख्दै आएका थिए।​​ नाबालिकाका अभिभावकले ब्युरोमा उजुरी दिएपछि प्राविधिक विश्लेषण गर्दा शिक्षकको कर्तुत खुलेको थियो।

प्रहरीले ती शिक्षकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरी अनुसन्धानको लागि पाँच दिनको म्याद लिएको छ।

प्रकाशित: २६ वैशाख २०८१ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =