कांग्रेसलाई जनतामाझ पुर्‍याउन ‘नेपाल पुकार’को महत्त्वपूर्ण भूमिका छ : सभापति देउवा

हिमाल प्रेस २४ मंसिर २०८० १६:३७
16
SHARES
कांग्रेसलाई जनतामाझ पुर्‍याउन ‘नेपाल पुकार’को महत्त्वपूर्ण भूमिका छ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा पुर्‍याउनमा नेपाल पुकारको उल्लेख्य महत्त्व रहेको बताएका छन्। आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन विगतमा पनि नेपाल पुकारको भूमिका उल्लेख्य रहेको बताए। उनले नेपाल पुकारले कांग्रेसले गरेका काम कारबाहीहरू नागरिकमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

‘नेपाली कांग्रेसलाई अझ बढी लोकप्रिय बनाउनुमा, नेपाली कांग्रेसलाई अझ बढी जनतामा पुर्‍याउनमा नेपाल पुकारको महत्त्व धेरै नै छ। सबैले नेपाली कांग्रेसको इतिहास थाहा पाउनका लागि नेपाल पुकारले महत्त्वपूर्ण भूमिका खेल्छ’ सभापति देउवाले भने, ‘मलाई विश्वास छ, नेपाली कांग्रेसका सबैले यो पत्रिका पढ्नेछन्। आफ्नो धारणा पनि बनाउनेछन्। नेपाली कांग्रेसले गरेका कामहरूलाई यसले जनतामाझ अझ बढी लोकप्रिय बनाउनेछ।’

१३२ पृष्ठको रहेको उक्त विशेषाङ्क बीपी साहित्य महोत्सव विशेष रहेको छ। २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द भएको थियो।

प्रकाशित: २४ मंसिर २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =