टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’ मा

हिमाल प्रेस १९ मंसिर २०८० १५:५३
2
SHARE
टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’ मा

काठमाडौँ- टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज पेसी तोकिए पनि सुनुवाइ नहुने भएको छ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको इजलासमा पेसी तोकिएको उक्त मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा परेको हो। न्यायाधीश विनोद शर्माको एकल इजलासले यही मंसिर ५ गते प्रारम्भिक सुनुवाइ गर्दै दश दिनभित्र कारण देखाउ आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो।

टिकटक प्रतिबन्धको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १४ जनाले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८० १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nine =