टिकटक प्रतिबन्धविरुद्धको निर्णयको सुनुवाइ हुँदै

हिमाल प्रेस १९ मंसिर २०८० ८:२९
2
SHARE
टिकटक प्रतिबन्धविरुद्धको निर्णयको सुनुवाइ हुँदै

काठमाडौँ- टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो। गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले समाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८० ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =