सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफले उचाल्यो ललितपुर मेयर्स कपको उपाधि

हिमाल प्रेस ५ जेठ २०८१ १३:२४
6
SHARES
सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफले उचाल्यो ललितपुर मेयर्स कपको उपाधि

काठमाडौँ- ललितपुर मेयर्स कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिमलाई २ रनले पराजित गरेको हो। प्रतियोगितामा एपीएफले अपराजित रहँदै उपाधि उचालेको हो।

१५६ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १५३ रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशी ६७ र लक्ष्मी साउद २९ रनमा अविजित रहिन्।

एपीएफका लागि करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट लिए ।

पहिले ब्याटिङको निम्तो पाएको एपीएफले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १५५ रन बनाएको थियो।

एपीएफका लागि कप्तान सीता राना मगर र राजमतीले अर्धशतकीय पारी खेलिन्। सीताले ५५ बलमा ८ चौका प्रहार गर्दै ७४ रन बनाइन्। राजमतीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रनको योगदान गरिन्।

सुदूरपश्चिमका लागि ऋतु कनौजिया, विन्दु रावल र राधिका पुजाराले १–१ विकेट लिए।

प्रकाशित: ५ जेठ २०८१ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =