‘चिठी’ फिल्मको गीत ‘टुटेको तारा’

हिमाल प्रेस १८ मंसिर २०८० १७:२९
28
SHARES
‘चिठी’ फिल्मको गीत ‘टुटेको तारा’

काठमाडौँ– फिल्म ‘चिठी’ को गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ। गीत शिव परियारले गाएका छन्। डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन छ।

प्रेम कथानक गीतको भिडियोमा फिल्मका प्रायः कलाकार अटाएका छन्। फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, शान्ति प्रिय, प्रविण भुषाल, श्रीदेव भट्टराई लगायतको अभिनय छ।

फिल्म माधवराज खरेलको लेखन, निर्देशन र सम्पादनमा बनेको छ। तर प्रदर्शन मिति सार्वजनिक गरिएको छैन। कमेडी जनरामा बनेको फिल्म सस्पेन्स र थ्रिलर बिषयमा केन्द्रित छ। काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुरलगायतका जिल्लामा छायांकन गरिएको फिल्म जीवन पराजुली र राजन खरेलले छायांकन गरेका छन्।

एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी छन्।

 

प्रकाशित: १८ मंसिर २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =