हलमा लागे तीन नेपालीसहित दुई विदेशी फिल्म

हिमाल प्रेस २५ फागुन २०८० १०:४३
10
SHARES
हलमा लागे तीन नेपालीसहित दुई विदेशी फिल्म

काठमाडौँ– महाशिवरात्रीको अवसरमा नेपाली फिल्म हल भरिभराउ छन्। शुक्रबार बिहानदेखि तीन नेपाली ‘काँडेतार’, ‘रङ्गेली’ र ‘उपहारः द जर्नी अफ लाइफ’  दुई विदेशी फिल्म ‘शैतान’ र ‘कङफु पाण्डा ४’ प्रदर्शन भइरहेको छ।

नवल खड्का निर्देशित फिल्म ‘काँडेतार’ नेपालको सीमाअतिक्रमणको विषय उठान गरिएको छ। फिल्म नेपाल र भारतको सीमाना काँडेतार लगाइनुपर्छ भन्ने विषयमा आधारित छ। फिल्ममा निर्देशक नवलसहित गौरव पहारी, सुरविना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, प्रेम सुब्बा, महेश गिरि, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकार नादिया खड्का, सनया खड्कालगायतको अभिनय छ।

फिल्मको पटकथा लेखनमा निर्देशक खड्काले शिवम अधिकारीसँग सहकार्य गरेका छन्। फिल्म निर्मातामा पनि नवलसँगै माकिको राई र अन्जु केसी छन्। फिल्ममा गायिका सत्यकला राई कार्यकारी निर्माताको भूमिकामा छिन्। सामना फिल्मस्को ब्यानरमा बनेको छ।

अर्जुन सुवेदीको लेखन तथा निर्देशकमा बनेको फिल्म ‘रङ्गेली’ शक्तिको खेलमा आधारित छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायत कलाकारको अभिनय छ। फिल्मका निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन भने कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। सुशन प्रजापतिले छायांकन गरेको फिल्म सुशन प्रजापतिले छायांकन गरेको फिल्म प्लानेट थ्री फिल्म्स् एन्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा बनेको छ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘उपहार’ सामाजिक कथामा आधारित छ। फिल्ममा प्रेम, रोदन, खुसी, पीडा र कमेडी मिश्रित फिल्ममा रेखा थापा, मुकुन भुसाल, बेनिशा हमाल, पूजा शर्मा, तेज गिरि, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय छ। बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्। विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सास्वत श्रेष्ठको ब्याग्राउन्ड स्कोर तथा मित्र डि गुरुङको सम्पादनमा बनेको छ।

त्यस्तै हलिउड फिल्म ‘कङफु पाण्डा ४’ एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

थ्रिलर र हरर जनरामा बनेको बलिउड फिल्म ‘शैतान’ का निर्देशक विकाश बहल हुन्। फिल्ममा अजय देवगन, माधवन,जानकी बोडिवाला मुख्य भूमिकामा छन्।

साथै हलमा अन्य फिल्म ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’, ‘ड्युन २’, ‘तेरी बातों मे ऐसा उलझा जिया’ प्रदर्शनरत छ।

प्रकाशित: २५ फागुन २०८० १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =