‘अगस्त्य’को टिजर सार्वजनिक

हिमाल प्रेस १५ माघ २०८० ११:४७
16
SHARES
‘अगस्त्य’को टिजर सार्वजनिक

काठमाडौँ– फागुन १८ देखि प्रदर्शन हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को टिजर सार्वजनिक भएको छ।

करिब दुई मिनेटको अभिनेता सौगात मल्लको बहुरुप देख्न सकिन्छ। सौगातको प्रेमीदेखि ग्याङस्टर हुँदै मानसिक सन्तुलन गुमाएर सडकसम्मको चरित्र चित्रण टिजरमा देख्न सकिन्छ। बदलाको कथामा आधारित फिल्ममा मलिका महत सौगातकी प्रेमिका बनेकी छन्। नाजिर हुसेनलाई पनि एक्सन अवतारमा देख्न सकिन्छ।

फिल्ममा अन्य कलाकार निश्चल बस्नेत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ।

सिनेमाका लेखक तथा निर्देशक सौरभ चौधरी हुन्। फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मको कार्यकारी निर्मातामा विश्व गौचन र अभिषेक चौधरी छन्।

फिल्म डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको छ।

यस्ताे छ टिजर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =