‘डिग्री माइला’ को प्रिमियरमा कथावस्तुको प्रशंसा

हिमाल प्रेस ३० चैत २०८० ११:०४
16
SHARES
‘डिग्री माइला’ को प्रिमियरमा कथावस्तुको प्रशंसा

काठमाडौँ-  शुक्रबार (आज)बाट विश्वभर प्रदर्शन भएको फिल्म डिग्री माइलाः एम ए थर्ड क्लास’को बिहीबार उपत्यकामा प्रिमियर गरियो। कमलपोखरीस्थित बिग मुभिजमा गरिएको भव्य प्रिमियरमा फिल्म हेरेपछि प्राय:ले फिल्मको कथावस्तु र कलाकारको अभिनयको मन परेको प्रतिक्रिया दिए।

रामबाबु गुरुङ निर्देशित फिल्ममा डिग्री पास गरेर अहमताले भरिएको माइलो पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीच र उसले शिक्षक बन्न गरेको संघर्षमालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्ममा कलाकार अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन्। अन्य कलाकार आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

फिल्म हेरेपछि ‘जारी’मा दयाहाङको जोडी बनेकी अभिनेत्री मिरुना मगरले फिल्म राम्रो बनेको प्रतिक्रिया दिइन्। ‘ फिल्म एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन्।

अभिनेत्री आँचल शर्माको प्रशंसा गर्दै उनले भनिन् ‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो। पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाँहि गरिन।’

अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान दिइन्। उनले हसाउँन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन्। ‘उहाँले राम्रो राम्रो कलाकारहरुलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ। उहाँसँग त्यो कला छ। एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ। यसका लागि मैले सम्मान गर्नैपर्छ’, उनले भनिन्। नयाँ वर्षमा हेर्नलायक फिल्म बनेको भन्दै उनले दर्शकहरुले आफूलाई कथामा जोड्न सक्ने बताइन्।

सञ्चारकर्मी दिनेश डिसीले सिनेमामा राबबाबु गुरुङ तथा दयाहाङको ब्राण्ड देखिएको बताउँदै फिल्मको कथा शिक्षाप्रद रहेको धारणा राखे यसैगरी संगीतकार चेतन सापकोटा, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, मुकुन भुसालले पनि फिल्मको कथावस्तु राम्रो लागेको प्रतिक्रिया दिए।

यस्तै एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समग्रमा फिल्म मनोरञ्जक रहेको र सन्देशकुलक बनेकोले आफूलाई मनपरेको बताए। ‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ। टिपिकल रामबाबुको फिल्म हो। उनको स्टाइल हो’, उनले भने। उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत आग्रह गरे।

प्रिमियरमा कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, दीपाश्री निरौला, निर्मल शर्मा कर्मा, नरेन खड्का, पवन भट्टराई (म्याकुरी), सुन्दर खनाल, विल्सन विक्रम राईलगायत थुप्रै पुगेका थिए।

‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको फिल्मका निर्माता विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ हुन्। फिल्म बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण भएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + seven =