सुनको मूल्यमा गिरावट

हिमाल प्रेस २१ जेठ २०८३ ११:१५ | Thursday, June 4, 2026
12
SHARES
सुनको मूल्यमा गिरावट

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २०० र चाँदी ८५ ले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख ११ हजार १०० कायम भएको छ । एक तोला चाँदीको मूल्य पाँच हजार २८५ निर्धारण भएको छ ।

हिजो बुधबार एक तोला सुन तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३७० मा खरिदबिक्री भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित: २१ जेठ २०८३ ११:१५ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast