‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्दै

हिमाल प्रेस १६ माघ २०८० १७:३५
16
SHARES
‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्दै

काठमाडौँ– युओजी अर्थात् ‘युनिभर्सिटी अफ गुन्डाज्’ नाममा फिल्म बन्ने भएको छ।

अभिनेता सलोन बस्नेत र सलिनमान बाँनियाको तस्बिरसहितकाे पोस्टर सार्वजनिक गर्दै मंगलबार फिल्म निर्माणको घोषणा गरिएको हो।

पोस्टरमा दुई अभिनेता एक्सन मोडमा छन्। भने ब्याग्रराउण्डमा कलेज भवन र आगो लागेको गाडी देख्न सकिन्छ। पाेस्टरअनुसार फिल्म विश्व विद्यालयमा हुने गुण्डाप्रवृत्तिमा आधारित रहेको अनुमान गर्न सकिन्छ।

अभिनेता सलिनमानले फिल्म ‘यात्रा’ पछि यसै फिल्मबाट कमब्याक गर्दैछन्। सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मका निर्माता निर्देशक सार्वजनिक गरिएको छैन्।

४ करोड लगानीमा निर्माण हुन लागेको फिल्म आगामी वर्ष वैशाखदेखि छायांकन गर्ने टिमको तयारी छ। फिल्ममा अन्य कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =