डा. नारद पोखरेलको ‘सुस्त सुस्त’ सार्वजनिक

हिमाल प्रेस १८ मंसिर २०८० ९:५८
20
SHARES
डा. नारद पोखरेलको ‘सुस्त सुस्त’ सार्वजनिक

काठमाडौँ- डा. नारद पोखरेलको शब्द तथा गायिका संगीता राणा प्रधानको स्वर रहेको नयाँ गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ।

लभ एण्ड सपोर्ट फाउन्डेसनको आयोजनामा ललितपुरको जावलाखेलस्थित रिडी लाउन्जमा एक कार्यक्रमकाबिच गीत सार्वजनिक गरिएको हो। गीतको म्युजिक एरेन्जर चन्द सिंह र म्युजिक कम्पोजर मनोज राई रहेका छन्।

एसएस रेकर्डिङ स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिरएको गीतको म्युजिक भिडियो पनि छिटै तयार गरिने लभ एण्ड सपोर्ट फाउन्डेसनले जनाएको छ। लभ एण्ड सपोर्ट फाउन्डेसन गैर नाफामूलक संस्था हो।

अमेरिकाको नर्थ क्यारोलिनामा प्रधान कार्यालय रहेको संस्थाको नेपाल, भारत लगायतका मुलुकमा शाखा कार्यालय छन्।

विश्वभर छरिएर रहेका नेपालीहरूका लागि सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्य रहेको फाउन्डेसनको नेपाल र भारतको सिक्किमस्थित शाखाको संयुक्त पहलमा संगीत क्षेत्रका शिखर पुरुष अम्बर गुरुङको सालिक गत नोबेम्भरमा अनावरणसमेत गरिएको थियो।

 

प्रकाशित: १८ मंसिर २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =