विश्वकप क्रिकेट : बलिया टिम साउथ अफ्रिका र भारत भिड्दै

हिमाल प्रेस १९ कार्तिक २०८० १०:१३
12
SHARES
विश्वकप क्रिकेट : बलिया टिम साउथ अफ्रिका र भारत भिड्दै

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट २०२३ मा आइतबार भारत र साउथ अफ्रिका भिड्दैछ छन्। कोलकातास्थित एडन गार्डन्स मैदानमा दिउँसो सवा २ बजेदेखि खेल हुँदैछ।

जारी प्रतियोगितामा दुवै टिम बलिया देखिएका छन्। भारत ७ खेलमा सातै जित निकालेर १४ अंकसहित प्रतियोगिताको पहिलो स्थान तथा साउथ अफ्रिका ७ खेलमा ६ जित निकाल्दै १२ अंकसहित दोस्रो स्थानमा छ।

साउथ अफ्रिकाले नेदरल्याण्ड्सबाहेक सबैसँग भएका खेलमा राम्रो अन्तरले जितेको छ।

उसो त दुवै टिम सन् २०१९ को एक दिवसीय विश्वकपपछि राम्रो प्रदर्शन गर्ने टिम हुन्। दुवै टिम सन् २०१९ को विश्वकपपछि जारी विश्वकपसम्म पहिले ब्याटिङ गरेको इनिङ्समा सबैभन्दा बढी पटक ३ सयभन्दा बढी स्कोर खडा गर्ने टिम हुन्।

सन् २०१९को  विश्वकपपछि भारतले पहिले ब्याटिङ गरेका इनिङ्समध्ये १८ इनिङ्समा ३ सयभन्दा बढीको टार्गेट सेट गरेको छ भने साउथ अफ्रिकाले १२ पटक ३ सयभन्दा बढी स्कोर बनाएको छ। अहिलेसम्म दुवै टिमले आपसमा ९० एक दिवसीय खेल खेलेका छन्। जसमा साउथ अफ्रिकाले ५० तथा भारतले ३७ एक दिवसीय जितेको छ। ३ खेल नतिजािवहीन भएका छन्।

जारी प्रतियोगितामा पनि दुवै टिमका ब्याटर तथा बलर उत्तिकै फर्मममा छन्। सोही कारण दुवैबीचको खेल निकै रोचक हुने अनुमान गरिएको छ।

प्रकाशित: १९ कार्तिक २०८० १०:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =