आईसीसी विश्वकप २०२३

म्याक्सवेलको दोहोरो शतकमा अस्ट्रेलिया विजयी

हिमाल प्रेस २१ कार्तिक २०८० २२:४९
26
SHARES
म्याक्सवेलको दोहोरो शतकमा अस्ट्रेलिया विजयी

काठमाडौँ- ग्लेन म्याक्सवेलको दोहोरो शतकमा अस्ट्रेलियाले आईसीसी विश्वकप २०२३ मा अफगानिस्तानलाई तीन विकेटले हराएको छ। यो जितसँगै अस्ट्रेलिया सेमिफाइनलमा पुगेको छ। अस्ट्रेलियाले ८ खेलमा १२ अंक बटुलेको छ।

२९१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४६.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो। अस्ट्रेलियाको जितमा ग्लेन म्याक्सवेलले १ सय २८ बलमा २१ चौका र १० छक्कासहित २ सय १ रन बनाएका थिए। ९१-७ को अवस्थामा पुगेको अस्ट्रेलियालाई म्याक्सवेलले अविश्वसनीय इनिङ खेलेका थिए।

आठौँ विकेटका लागि ग्लेन म्याक्सवेल र प्याट कमिन्सले १ सय ७० बलमा २ सय २ रनको अविजित साझेदारी गरेका हुन। प्याट कमिन्स ६८ बलमा १२ रनमा अविजित रहेका थिए।

वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको थियो। अफगानिस्तानका इब्राहिम जद्रान १४३ बलमा ८ चौका र ३ छक्कासहित सर्वाधिक १ सय २९ रनमा नट आउट रहे। जद्रान विश्वकपमा शतक हान्ने पहिलो अफगानी ब्याटर बनेका थिए।
जद्रानबाहेक अन्य ब्याटरले भने ठूलो इनिङ खेल्न सकेनन्।

प्रकाशित: २१ कार्तिक २०८० २२:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =